शनिबार, चैत १४, २०८२

पार्टीलाई बलियो बनाउनु पर्छ : अध्यक्ष नेपाल

मेरोन्यूज २०७८ चैत ५ गते २१:०८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो र सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन्। नेकपा एकीकृत समाजवादी तनहुँले आँबुखैरेनीमा आयोजना गरेको पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नु पर्ने बताए।

Advertisement
nepal life insurencenepal life insurence

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँ गाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे। उनले पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने एकमात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे।

अध्यक्ष नेपालले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र डोटीबाट निर्वाचित पर्यटन, संस्कृति तथा नागरिक उड्डयमन्त्री प्रेम आले नेकपा एमालेमा फर्किने चर्चा हल्ला मात्रै रहेको स्पष्ट पारे। ‘उहाँहरू एमालेमा फर्किने भनेर भ्रम फैलाइएको छ, त्यस्तो भ्रमबाट विचलित हुनु पर्दैन,’ नेपालले भने।

प्रतिक्रिया