आइतबार, चैत १५, २०८२

‘चुनाव सफल बनाउनु छ’

मेरोन्यूज २०७८ चैत ५ गते २१:१२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनका एजेण्डा लिएर घरघर जानु पर्नेमा जोड दिए। महासचिव पोखरेलले भने, ‘अब सम्पूर्ण समय पार्टीलाई दिनुहोस्, टोलटोल, वडावडामा परिचालित हुनुहोस् ।’

कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरघरमा पुगेर जनमत बटुल्न आग्रह गरे। उनले विकास र समृद्धिको नारा लिएर जनतामा जानसमेत कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया