भूमि आयोग बैतडीको अध्यक्षमा ऐर
मेरोन्यूज
२०७८ चैत ५ गते २१:२५

बैतडी । भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा धन बहादुर ऐर (कपिल) चयन भएका छन्। उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्ष चयन गरेको हो। उक्त आयोगमा दुई जना सदस्य रहने व्यवस्था छ।
आयोगले भूमि नभएका तथा सुकुम्बासी वर्गको नाममा जग्गा प्रदान गरी लालपुर्जा वितरणका लागि काम गर्ने छ। आफू नेतृत्वको आयोगले हरेक स्थानीय तहसँगको समन्वयमा काम गर्ने अध्यक्ष कपिलले बताए।
यसअघि नेकपा एमाले नेतृत्वको सरकारका बेला भने भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा नरेश विक चयन भएका थिए। सरकार परिवर्तनसँगै अधिकांश राजनीतिक नियुक्तिहरू फेरबदल गर्ने सिलसिलामा वर्तमान सरकारले बैतडीको अध्यक्षमा ऐरलाई नियुक्त गरेको हो।
अध्यक्ष ऐर नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन्।
सम्बन्धित
















चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया