खोटाङका उपभोक्ताको गुनासो-खानेपानीको महसुल महँगो भो

खोटाङ । खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाले वितरण सुरु गरेको खानेपानीको महसुल महँगो भएको उपभोक्ताले गुनासो गरेका छन् । उपभोक्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाको महसुल अस्वभाविक रुपमा महँगो बनाइएको गुनासो गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका उपभोक्तालेर वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उपभोक्ताको हित अनुकुल हुनेगरी खानेपानीको महसुल निर्धारणको पहल गर्न माग गरेका छन् ।
न्यूनतम प्रतियुनिट १५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म महसुल निर्धारण हुँदा कतिपय सामान्य परिवारका उपभोक्ताले खानेपानी उपभोग गर्न सक्ने अवस्था नभएको स्थानीय कृष्ण आचार्यले बताए ।
खानेपानीको निर्धारित नयाँ महसुल दर हेरफेर नभएसम्म उपभोक्तालाई दिइएकोे बिलमा उल्लेख रकम नबुझाउने ध्यानाकर्षणपत्रमा भनिएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको पानी वितरणअघि मासिक दुई सय महशुल बुझाउँदै आएका कतिपय उपभोक्ताको ३ हजार ९०० सम्म बिल उठेको उपभोक्ताको भनाई छ ।
‘हामीले पानीको मासिक दुई सय महसुल तिर्दै आएका थियौं । अहिले मासिक चार हजारसम्म बिल आएपछि कसरी तिर्ने उपभोक्ताले रु,’ आचार्यले भने, ‘दिक्तेलबजारका अधिकांश परिवारमा कम्तीमा २५ देखि ३० युनिट पानीको प्रयोग हुन्छ । एउटा घरले खानेपानीकै पैसा दुई हजार–तीन हजार तिर्नुपपर्यो भने सामान्य परिवारले कसरी धान्न सक्छ ?’
रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र पानीपोत महसुल शुल्क निर्धारण सुझाव समितिको १४ फागुनमा बसेको बैठकले १ युनिटदेखि ८ युनिटसम्म न्यूनतम २५० रुपैयाँ, ८ युनिटदेखि १५ युनिटको प्रतियुनिट १५, २० युनिटदेखि २५ युनिटसम्म प्रतियुनिट २५, २५ युनिटदेखि ३० युनिटसम्म प्रतियुनिट ५० र ३० देखि माथि प्रतियुनिट ७५ रुपैयाँ महसुल दर रेट निर्धारण गर्ने निर्णय गरेको थियो ।
खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ ९भ्याट सहिट० रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।
१८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि योजनाको काम सुरु गरिएको थियो । आयोजनाको कतिपय मिटर लिकेज हुने समस्या देखिएको छ । सो आयोजना केही समयपछि उद्घाटनको तयारी गरिएको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया