बिहीबार, पुष १७, २०८२

मिथुनलाई काममा सफलता मिल्ने, अरु राशीकाे के ?

मेरोन्यूज २०७८ चैत ६ गते ८:३७

काठमाडौं । आज चैत ६ गते आइतबार २०७८ । मार्च २० तारिक २०२२ । चैतकृष्ण पक्ष द्धादशी तिथि, गर करण, चित्रा नक्षत्र, धुव्र योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आइतबारलाई आदित्यबार पनि भनिन्छ । आज विहान सूर्योदय ६ः१० मा भएको छ भने सूर्यास्त १८ः१४ मा हुनेछ । आज ११ः४८ देखि १२ः३६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजको देवता भूमि र ग्रहदेव केतु रहेको छ । दिउँसो ४ः४४ देखि ६ः१५ सम्मको समयमा राहुकाल रहेको छ ।

अब लागौं आजको राशिफलतर्फ

मेष
स्वास्थ्यमा समस्या हुनसक्छ ध्यान दिनु होला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले आज मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आकस्मिक संकट आउनसक्छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा वेश हुनेछ । सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ।

वृष
तपाईंको आज अर्थलाभ हुनेछ । व्यापारबाट अचानक आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । आफनो स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन
तपाईको आज धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । विहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ । दाम्पत्य जीवनमा सौहर्दता छाउने छ । आजको दिन कसैसँग पनि विवाद नगर्नुहोला ।

कर्कट
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित काम बाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

सिंह
सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला । परिवारमा खुसियाली छाउने छ ।

कन्या
आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । आफन्तजनको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्ने छ ।

तुला
सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । तपाईको लागि आजको दिन धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक
विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला।

धनु
सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । त्यसैले काम गर्दा विचार पुर्याउनु होला। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्छ । आफन्तजनहरुसँग विवाद हुनसक्छ ।

मकर
व्यापारबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । मानसम्मान प्राप्त हुनेछ । आफ्नो कार्यक्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ
तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ । आजको दिन परिवारमा सदस्यबीच सौहार्दता छाउने छ ।

मीन
विहानै सूर्योदयको दर्शन वा नजिकको देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन निकै महत्वपूर्ण दिन हो । आजको दिन शैक्षिक कार्ययोजना बनाएर अघि बढ्नु होला । परिवारका सदस्यहरुलाई समेत शैक्षिक सामग्री दिनुहोला । साताभरको शैक्षणिक तालिका बनाउनु होला ।

प्रतिक्रिया