झलनाथप्रति सुवास नेम्वाङको कटाक्ष : याद आउँछ, कमरेड जन्तरे हो कि अन्तरे हो? नाम बिर्सें

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मत पेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन्।
पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मत पेटिका खाली गर्नु पर्ने बताएका थिए। त्यसको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम १ मा पुगेर नेम्वाङले मत पेटिका खाली गर्न चुनौती दिएका हुन्।
‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ, कसरी मतपत्र एमालेको खाली गर्ने होला? केपी ओलीको मत पेटिका कसरी खाली गर्ने होला? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ?’ नेम्वाङले प्रश्न गरे।
उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे। जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे। ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई मधेसदेखि हिमालसम्म मानिसको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ, त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू,’ नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें, उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ, कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन।’
एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो। यस क्षेत्रका संघीय सांसद खनाल हुन्। पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेर खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन्।
उनी हाल एकीकृत समाजवादीमा छन्। सोही क्षेत्रको प्रदेश सांसद खिनु लङ्वा लिम्बू पनि खनाल रहेको पार्टीमै छिन्।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया