झलनाथप्रति सुवास नेम्वाङको कटाक्ष : याद आउँछ, कमरेड जन्तरे हो कि अन्तरे हो? नाम बिर्सें

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मत पेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन्।
पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मत पेटिका खाली गर्नु पर्ने बताएका थिए। त्यसको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम १ मा पुगेर नेम्वाङले मत पेटिका खाली गर्न चुनौती दिएका हुन्।
‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ, कसरी मतपत्र एमालेको खाली गर्ने होला? केपी ओलीको मत पेटिका कसरी खाली गर्ने होला? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ?’ नेम्वाङले प्रश्न गरे।
उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे। जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे। ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई मधेसदेखि हिमालसम्म मानिसको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ, त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू,’ नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें, उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ, कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन।’
एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो। यस क्षेत्रका संघीय सांसद खनाल हुन्। पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेर खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन्।
उनी हाल एकीकृत समाजवादीमा छन्। सोही क्षेत्रको प्रदेश सांसद खिनु लङ्वा लिम्बू पनि खनाल रहेको पार्टीमै छिन्।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया