निर्वाचन आयोगमाथि केपी ओलीले गरे गम्भीर प्रश्न
‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? सूर्य हरियो हुन्छ कहीँ ?’
मेरोन्यूज
२०७८ चैत ६ गते १५:२०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको काममाथि प्रश्न उठाएका छन्। इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोप्रति विरोध गरेका हुन्।
‘मनेनयन दर्ता गर्न दुई दिन किन चाहियो? (गठबन्धनमा) खटपटक परेर कुरा नमिल्न सक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो?’ उनले भने, ‘पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो?’
ओलीले कांग्रेसको चुनाव चिन्ह रुखसँग रंग मिलाइदिएको प्रति पनि निर्वाचन आयोगसाग गम्भिर असन्तुष्टि पोखेका छन् ।
‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो ? सूर्य हरियो हुन्छ कहीँ ?’ ओलीले आगोगप्रति प्रश्न उठाँउदै भने ।
सम्बन्धित
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
प्रतिक्रिया