निर्वाचन आयोगमाथि केपी ओलीले गरे गम्भीर प्रश्न
‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? सूर्य हरियो हुन्छ कहीँ ?’
मेरोन्यूज
२०७८ चैत ६ गते १५:२०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको काममाथि प्रश्न उठाएका छन्। इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोप्रति विरोध गरेका हुन्।
‘मनेनयन दर्ता गर्न दुई दिन किन चाहियो? (गठबन्धनमा) खटपटक परेर कुरा नमिल्न सक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो?’ उनले भने, ‘पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो?’
ओलीले कांग्रेसको चुनाव चिन्ह रुखसँग रंग मिलाइदिएको प्रति पनि निर्वाचन आयोगसाग गम्भिर असन्तुष्टि पोखेका छन् ।
‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो ? सूर्य हरियो हुन्छ कहीँ ?’ ओलीले आगोगप्रति प्रश्न उठाँउदै भने ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया