अरू पार्टीले राम्रो गरेको भए एमाले प्रवेश किन गर्थे र? : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेशको लहर जागेको बताएका छन्। इलाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू जहाँ गयो त्यहीँका जनप्रतिनिधि एमालेमा प्रवेश गरेको बताएका हुन्।
‘म जहाँ गयो त्यहीँका मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन्, उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्ने थिए? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ,’ ओलीले भने।
अन्य पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएको ओलीको भनाई थियो। ‘तपाईहरू अरु पार्टी परित्याग गरेर आउनु भएको छ, तपाईहरू बुझेरे नै आउनु भएको छ, तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,’ उनले भने। उनले एमालेमा अहिलेको अवस्था आउनुमा नेताहरूभन्दा कार्यकर्ता प्रमुख रहेको बताए।
यस्तै, उनले आगामी वैशाखमा हुने स्थानीय चुनावमा पाँच दलको गठबन्धनलाई कुल्चने बताए। स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने दाबी गर्दै उनले आगामी चुनाव एमालेमय हुने बताए।
जनताको बीचमा एमालेलाई कसैले ढाल्न नसक्ने उनको तर्क थियो।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया