अरू पार्टीले राम्रो गरेको भए एमाले प्रवेश किन गर्थे र? : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेशको लहर जागेको बताएका छन्। इलाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू जहाँ गयो त्यहीँका जनप्रतिनिधि एमालेमा प्रवेश गरेको बताएका हुन्।
‘म जहाँ गयो त्यहीँका मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन्, उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्ने थिए? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ,’ ओलीले भने।
अन्य पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएको ओलीको भनाई थियो। ‘तपाईहरू अरु पार्टी परित्याग गरेर आउनु भएको छ, तपाईहरू बुझेरे नै आउनु भएको छ, तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,’ उनले भने। उनले एमालेमा अहिलेको अवस्था आउनुमा नेताहरूभन्दा कार्यकर्ता प्रमुख रहेको बताए।
यस्तै, उनले आगामी वैशाखमा हुने स्थानीय चुनावमा पाँच दलको गठबन्धनलाई कुल्चने बताए। स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने दाबी गर्दै उनले आगामी चुनाव एमालेमय हुने बताए।
जनताको बीचमा एमालेलाई कसैले ढाल्न नसक्ने उनको तर्क थियो।
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया