युएईविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्ने

काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा अहिले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्द खेल्दै छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ ।
आज विशेषगरि नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।
यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराउँदा दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । नेपाल र युएईबीच हालसम्म पाँच ओडीआई खेल हुँदा नेपाल दुई खेलमा विजयी भएको छ भने युएई तीन खेलमा विजयी भएको छ ।
प्रतियोगितामा नेपाल १० खेलमा पाँच जित र पाँच हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । युएई १७ खेलमा नौ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी रहेका छन्









श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु, कयौं बेपत्ता
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया