अशोक लेलैण्डको ‘मेघा सर्भिस क्याम्प २०२२’ सुरु

काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा. लिद्वारा प्रवद्र्घित अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’मार्फत देशैभरका आफ्ना १५ सर्भिस सेन्टरमा लागू हुने गरी सुरु गरेको छ। आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इञ्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ साथै अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वको उपस्थितिमा काठमाडौंमा संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरिएको हो।
यस योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशत, लुब्रिकेन्टमा १२ प्रतिशत छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप उपलब्ध हुने छ। यस सर्भिस क्याम्पको दौरान ग्राहक वर्गले विभिन्न आकर्षक उपहारका साथै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, एक लिटरसम्मको फ्रि इञ्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्ने छन्।
यस सर्भिस क्याम्पको अफर आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीमा लागु हुने छ। ग्राहक वर्गले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया