एमसीसी देश विकास परियोजना हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी देश विकासको सहयोगी परियोजना भएको बताएका छन् । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले एमसीसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए ।
एमसिसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुग्ने प्रधानमन्त्री देउवाले जानकारी दिए । “केही व्यक्तिहरु एमसिसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन्”, उनले भने, “एमसिसी परियोजनाले नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पु¥याउने भएकाले संसद्बाट पारित गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइएको हो ।”
प्रधानमन्त्री देउवाले खोटाङ जिल्ला कृषि उत्पादनका लागि उर्वरभूमि भएकाले व्यावसायिक कृषि तथा कृषि पर्यटन विकासमा जोड दिन जिल्लावासीलाई आग्रह गरे । “खोटाङ जिल्ला कृषि पर्यटनको राम्रो सम्भावना बाकेको जिल्ला हो”, उनले भने, “जिल्लामा उत्पादित कृषि उत्पादनलाई बाहिरी जिल्लामा निर्यात गरेर आर्थिक उपार्जन गर्न सकिने भएकाले स्थानीय सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।”
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया