शनिबार, माघ १०, २०८२

स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिताविरुद्धकाे रिटमा सुनुवाइ हुँदै

मेरोन्यूज २०७८ चैत ८ गते १०:०६

काठमाडौं । स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले कायम गरेको आचारसंहिताविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ ।

प्रतिक्रिया