अफगानिस्तानका पूर्वअर्थमन्त्री वासिंगटनमा ट्याक्सी चलाउँछन्

न्युयोर्क । अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन् । अगस्टमा तालिवानले सत्ता कब्जा गर्नु एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन राष्ट्रपति असरफ गनीले आलोचना गरेपछि उनले राजीनामा दिएका थिए ।
वासिंगटन पोस्टमा प्रकाशित एउटा रिपोर्टअनुसार ४० वर्षीय पेयन्दाले ६ घन्टामा १५० डलर भन्दाबढी कमाउँछन् । अमेरिका पुगेपछि पेयन्दाले आफ्नो परिवारसँग पुनर्मिलन भएको बताएका थिए ।
कुनै बेला उनले अमेरिकाले अफगानस्तिानलाइ सहयोग प्रदान गरेको ६ अर्ब डलर रकमको व्यबस्थापन गरेका थिए ।
राजधानी काबुलबाट वासिंगटनसम्मको आफ्नो सङ्क्रमणकालीन अवधिलाई पेयन्दाले ‘बिल्कुल परिवर्तन’ भनेका छन् । काबुल ढलेको महिनौँपछि पनि पेयन्दाले प्रजातान्त्रिक ढंगले निर्वाचित सरकार चाँडो पतन हुनुमा आफ्ना सहकर्मीसँगै आफू पनि जिम्मेवार रहेको बताउँछन् । उनी भन्छन्, ‘सुधार गर्ने र गम्भीर बन्ने सामूहिक इच्छा थिएन् ।
देश तालिबानलाई सुम्पिएकोमा उनले अमेरिकाकोसमेत आलोचना गरे।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया