चार्ल्स शोभराजको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजालसमा
मेरोन्यूज
२०७८ चैत ८ गते १२:१३

काठमाडौं ।सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको छ ।
गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए ।
शोभराज ७७ वर्षीय हुन् । असल चालचलन भएका ७० वर्ष माथिका कैदीलाई ७५ प्रतिशत कैद छुट दिने कानुनी सुविधा छ । सोहीअन्तर्गत उनले कैद छुटको माग गर्दै रिट दिएका हुन् ।
सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको काठमाडौं र भक्तपुरमा दुई दिनको अन्तरमा भएको हत्या घटनामा उनी दोषी ठहरिएका छन् ।
उनी सन् २००३ देखि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन् ।
सम्बन्धित
















युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया