रुसले मानवरहित हवाई सवारी साधनहरूको उपस्थिति बृद्धि गरि भारि बमवर्षा
मेरोन्यूज
२०७८ चैत ८ गते १३:१५

किभ
रुसीे सेनाले पछिल्लो २४ घण्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ । ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त शत्रुले भारि बमवर्षा , आक्रमण , क्रुज मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन’, युक्रेनको वायुसेना कमाण्डले एक विज्ञप्तिमा भने ।
युक्रेनले सोमबार एउटा रुसी विमान, दुई ओटा हेलिकोप्टर र ६ ओटा ड्रोन ध्वस्त पारेको दाबी समेत गरेकाे छ । युक्रेनको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
यसैबीच, एउटा भिडियो सन्देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सशस्त्र फौजले रुसी फौजको सशक्त प्रतिकार गरेको र उनीहरुलाई अगाडि बढ्नबाट रोकेको छ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा युक्रेनी फौजले रुसी विमान खसालिदिएको उनले बताएका छन् ।
सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया