आइतबार, माघ ११, २०८२

चुनावमा गठबन्धन हुने प्रशस्त सम्भावना छ: घनश्याम भुसाल

मेरोन्यूज २०७८ चैत ८ गते १३:४८

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एकार्कासँग डराउँदा कम्युनिस्ट राजनीति जोखिमतर्फ उन्मुख भएको बताएका छन् ।

निर्वाचनमा वाम एकताका विषयमा आफूले उठाउँदै आएका विषय जानकारी गराउन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका भुसालले ‘माधव र प्रचण्डजीबाट हेर्दा ओली खतरनाक, ओलीले माधव र प्रचण्डलाई खतरानाक तत्व भन्ने ?’ उनले भने, ‘बाहिरबाट हेर्दा दुबै खतरनाक हुन भन्ने प्रवृतिले जोखिम निम्त्याएको हो । ’

उनले हिजोभन्दा आज सहज अवस्था भए पनि कृत्रिम रूपले दूरी बढाइएको बताए । उनले भने ‘चुनावमा गठबन्धन बन्ने प्रशस्त सम्भावना छ । यसलाई नकारे कुनै नेतालाई मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनमाथि नै घात हुन्छ ।’

प्रतिक्रिया