माटो जोगाउन सद्गुरुको लण्डनबाट सय दिवसीय यात्रा शुरु

काठमाडौँ । योगी एवं सद्गुरुद्वारा माटो जोगाउन थालनी गरिएको सय दिवसीय यात्रा आज लण्डनको प्रतिष्ठित ट्रफालगर स्क्वायरबाट प्रारम्भ भएको छ। तत्काल माटोको विनाश रोक्ने र अहिलेको स्थितिलाई उल्टाउने उद्देश्यसहित सद्गुरुले माटो जोगाउन जागरूक धरती अभियान आरम्भ गरेका हुन्।
करिब ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने क्रममा, सद्गुरुले अर्को युके, युरोप, मध्य–पूर्वका राष्ट्रहरू र भारत गरी २७ राष्ट्रहरू भ्रमण गर्ने छन्। यस अवधिमा उनले विश्वका नेता, नेतृत्वकर्ता, मिडिया साथै विश्वभरिका प्रमुख विज्ञसँग अन्तर्क्रिया गरी माटो जोगाउन तत्काल ठोस कार्य गर्नु पर्ने आवश्यकतामा जोड दिने भएका छन्।
मरुभूमिकरण सामना गर्न गठित संयुक्त राष्ट्रसंघको सम्मलेनका अनुसार सन् २०५० सम्म पृथ्वीको ९० प्रतिशत माटो गुणस्तरहीन भई विश्वभरि खाद्य संकट, पानीको अभाव, खडेरी र भोकमरी, विषम जलवायु परिवर्तन, विशाल स्तरमा स्थानान्तरण र अकल्पनीय दरमा प्रजातिहरू सखाप हुने जस्ता विपत्तिहरू निम्तिने छन्।
यस अभियानलाई विश्वभरिका प्रतिष्ठित व्यक्तिद्वारा समर्थन गरिएको छ। यसका लागि चर्चित पर्यावरण संरक्षण विद् डा. जेन गुडल, दलाई लामा, विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस श्वाबसमेत सहभागी भएका छन्।
त्यसैगरी, मार्क बेनिअफ, दिपक चोपरा, टोनी रबिन्स, म्याठी हेडन, क्रिस गेयल, जुही चावला र सञ्जिव सन्याललगायत थुप्रै ख्याति प्राप्त सेलिब्रिटी, कलाकार, खेलकुदकर्मी, प्रमुख व्यवसायी एवम् विविध क्षेत्रका विज्ञहरूले समेत यस अभियानलाई समर्थन गरेका छन्।
















टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
प्रतिक्रिया