‘ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही हुनु पर्छ’

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नु पर्ने बताएकी छन् । ट्राफिक नियम उल्लंघनले सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई कारबाही गर्नु पर्ने बताएकी हुन् ।
‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ, एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ, यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ,’ उनले भनिन्, ‘ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नै पर्छ, यसबाट राजश्व पनि उत्पन्न हुन्छ र मान्छेको बानी पनि पर्छ ।’
मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताइन् । मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्विल लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला कोरिडोरलाई व्यवस्थित गरेर सवारी आवागमनमा प्राधिकरणले सहजीकरणको प्रयास गरिरहेको बताए ।
यस्तै, ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीले नियम उल्लंघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । यसअघि दैनिक झण्डै ८ देखि १० लाख रुपैयाँ राजश्व संकलन हुने गरेकोमा हाल १८ लाखसम्म राजश्व संकलन भइरहेको बताउँदै मन्त्रालयमार्फत प्राप्त थप उपकरणले यो अनुपात बढ्ने उनले बताए ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारी लगायतको उपस्थिति थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया