सोमबार, माघ ५, २०८२

४२ केजी गाँजासहित चार जना पक्राउ

मेरोन्यूज २०७८ चैत ९ गते १८:१७

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका ६ बाट प्रहरीले ४२ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ना ६ ख ४४०९ नम्बरको ट्रकमा लुकाई ल्याएको ४२ किलोग्राम गाँजासहित उनीहरूलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रकका चालक सोही गाउँपालिका ६ बस्ने ३१ वर्षीय ईश्वर पाठक, सहचालक हेटौँडा उपमहानगरपालिका ११ बस्ने २२ वर्षीय सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका १२ बस्ने ६० वर्षीय राजेश प्रसाद रौनियार र सोही ठाउँ बस्ने ४० वर्षीया रेश्मा भर रहेका छन् ।

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ट्रकलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाँजा फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया