सोमबार, माघ ५, २०८२

पीडित नाबालिक गायिकाको पक्षबाट नौ जनाले गरे बहस

मेरोन्यूज २०७८ चैत ९ गते १९:३६

काठमाडौँ । नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा पल शाहविरुद्ध परेको मुद्दामा जाहेरवालाको पक्षबाट नौ जनाले बहस गरेका छन् । बुधबारदेखि तनहुँ जिल्ला अदालतमा न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजालसमा सुरु भएको थुनछेक बहसमा जोहरवालाको पक्षमा दुई सरकारी वकिलसहित नौ जनाले बहस गरेका हुन् ।

Advertisement
thakur moters insidethakur moters inside

जिल्ला अदालत तनहुँले बुधबार नै प्रतिवादीको बयान सकाएर बहस सुरु गरेको हो । अदालतमा मंगलबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि मंगलबार नै पलसँग बयान लिइएको छ ।

घटनामा मतियारको रुपमा पेस भएका पलका म्यानेजर कृष्णप्रसाद जोशीको बयान बुधबार सकिएसँगै थुनछेक बहस सुरु भएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले बताए । ‘जाहेरवाला पक्षका नौ जनाको बहस सकियो । प्रतिवादीको तर्फबाट तीन जनाले बहस गरेका छन्’, तिम्लिसिनाले भने ।

जाहेरवालाका तर्फबाट जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा, विपिनराज तिवारी, राधिका खतिवडा, दिपक रावल, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, शिवराज काफ्ले लगायतले बहस गरे ।

उनका अनुसार प्रतिवादीका तर्फबाट ११ जनाले बहस गर्नलाई वकालतनामा दर्ता गराएका छन् । प्रतिवादीतर्फबाट अधिवक्ता पर्शुराम गिरी, भानुभक्त सुवेदी, कमलामोहन वाग्लेले बुधबार बहस गरे । वाग्लेको बहस बिहीबार निरन्तर हुने छ । प्रतिवादीतर्फबाट तनहुँकै कानुन व्यवसायी यदु खनाल, यज्ञ राना लगायतले बिहीबार बहस गर्दै छन् ।

बाँकी बहस बिहीबार सुरुमै हुनेछ । बहस सकिएर बिहीबार थुनछेक आदेश आउन सक्ने तिम्लिसिनाले बताए । ‘बिहीबार नै बहस सकिएर आदेश आउन पनि सक्छ । नआउन पनि सक्छ । शुक्रबारसम्म पक्कै एउटा आदेश आउने सम्भावना छ’, उनले भने ।

वकालतमा दर्ता गराएर जाहेरवाला र प्रतिवादको पक्षमा बहस गर्नेको संख्या बढ्न सक्ने भएकाले बहसको समय लम्बिन सक्ने तिम्लिसिनाले बताए । उनका अनुसार बुधबार विहानसम्म दुवै पक्षका ६–६ जनाले वकालतनामा दर्ता गराएकोमा त्यो संख्या बढ्यो ।

प्रतिक्रिया