रुस-युक्रेन विवाद : राष्ट्रसंघको सुरक्षा परिषदमा चीनले मात्र दियो रूसलाई भोट
भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरे
मेरोन्यूज
२०७८ चैत १० गते ८:२७

काठमाडौं । युक्रेनमाथि आक्रमण गरेको एक महिना बित्दा रूसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरेको एउटा प्रस्ताव पनि फेल भएको छ।
समाचार संस्था एपीका अनुसार बुधबार सुरक्षा परिषदमा रूसले युक्रेनमा मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो।
युक्रेनमाथि भइरहेको रूसी आक्रमणबारे उल्लेख नै नगरी आएको उक्त प्रस्तावलाई बाँकी सदस्य राष्ट्रहरूले अस्वीकार गरिदिएका हुन्।
रूसको प्रस्तावका पक्षमा चीनले मात्रै भोट हालेको थियो। भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरेका थिए। १५ सदस्यीय सुरक्षा परिषदबाट कुनै प्रस्ताव पारित हुन ९ राष्ट्रले पक्षमा मत हाल्नुपर्छ।
आफ्नो र चीनको मात्रै भोट पाएपछि सुरक्षा परिषदको स्थायी सदस्य रहेको रूसको उक्त प्रस्ताव असफल भएको हो।
सम्बन्धित


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया