एमालेको घोषणा पत्र मस्यौदा कार्यदल गठन
मेरोन्यूज
२०७८ चैत १० गते १७:४१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले घोषणा पत्र मस्यौदाको कार्यदल गठन गरेको छ । पार्टीले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कार्यदल गठन गरेको हो ।
कार्यदलमा वरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेताहरू देवेन्द्र दाहाल, मनोजजंग थापा, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा रहेका छन् ।
यस्तै, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजिवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली रहेका छन् ।
सम्बन्धित















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया