‘सामाजिक न्याय हुन नसक्दा आर्थिक विकास कमजोर’

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन् ।
राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दा र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्य दिशामाथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक विकास हुन नसकेको बताएका हुन् ।
उनले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्नेबारेमा सबै राजनीतिक दलमा आधारभूत एक रुपता हुनु पर्ने बताए । उनले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको बताएका थिए ।
‘आज गणतन्त्रपछि पनि विकासले नयाँ गति लिन नसक्नुको कारण हाम्रो यो प्रणाली राज्य प्रणालीको कुरा गरेका छौँ, त्यो प्रणालीअनुरुप के को कुरा के हो भन्ने एउटाले अर्कोले अर्को कुरा भनिरहेको छ,’ उनले भने, ‘कसरी हुनसक्छ सामाजिक न्याय, कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ?, भन्ने प्रश्नमा राजनीतिक दलहरुका आधारभूत एकरुपता चाहिन्छ, सबै सैद्धान्तिक कुरा मात्रै होइन ।’
मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापमा वृद्धि भइरहेको बताउँदै पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात अर्बौंमा रहेको बताए ।













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया