प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने
मेरोन्यूज
२०७८ चैत १२ गते ११:१६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने भएका छन् ।
श्रीलंकामा आयोजना हुने सम्मेलनलाई उनले काठमाडौंबाट भर्चुअलरुपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा केही दिन अघिसम्म श्रीलंका जाने तयारीमा थिए । अचानक उनको भारत भ्रमण तय भएपछि श्रीलंकामा हुने बिमस्टेक सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्ने भएका हुन् ।
बिमस्टेक शिखर सम्मेलनमा प्रत्यक्ष तथा भर्चुअली सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, मुख्यसचिव शंकर दास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत छन् ।
सम्बन्धित















तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया