सांसद साहमाथि एमालेको सुनियोजित हमला : जसपा

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको केन्द्रीय सदस्य तथा सांसद प्रमोद साहमाथि भएको हमलाप्रति आपत्ति जनाएको छ । आज बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहमाथि सांघातिक हमला गरेको भन्दै जसपाले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।
‘पार्टी कामको सिलसिलामा गृह जिल्ला पुग्नु भएका मा. साहमाथि सुनियोजित ढंगबाट आक्रमण गरी घटना घटाइ उहाँलगायत दर्जनौं कार्यकर्ता घाइते हुने गरी भएको निन्दनीय कार्यको जनता समाजवादी पार्टी घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
जसपाले एमालेले घृणित र अपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं एमाले हुने जनाएको छ । उक्त घटनाका दोषीमाथि अविलम्ब कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न जसपाले माग गरेको छ ।
घाइते भएका साहलाई हेलिकप्टोरमार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।















जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया