नेपाल पीएनजीसँग ३ विकेटले पराजित

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी)सँगको दोश्रो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको पीएनजीले आफ्नो पक्षमा जित निकालेको हो ।
कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा नेपालका लागि पीएनजीविरुद्ध दिपेन्द्र सिंह ऐरीको शतक प्रहार गरेका थिए । उनले सर्वाधिक एक सय ५ रनको शतकीय इनिङ खेले । उनले एक सय ४० बलमा ७ चौका प्रहार गरेका थिए ।
खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो । कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए ।
तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि एक सय २९ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
खेलमा देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै ७२ रन बनाएका थिए । यस्तै, रोहित पौडेलले ३५ रन, भिम शार्की २६ रन बनाएका थिए ।
बलिङमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यस्तै, पवन सर्राफले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए ।
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया