नेपाल पीएनजीसँग ३ विकेटले पराजित

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी)सँगको दोश्रो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको पीएनजीले आफ्नो पक्षमा जित निकालेको हो ।
कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा नेपालका लागि पीएनजीविरुद्ध दिपेन्द्र सिंह ऐरीको शतक प्रहार गरेका थिए । उनले सर्वाधिक एक सय ५ रनको शतकीय इनिङ खेले । उनले एक सय ४० बलमा ७ चौका प्रहार गरेका थिए ।
खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो । कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए ।
तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि एक सय २९ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
खेलमा देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै ७२ रन बनाएका थिए । यस्तै, रोहित पौडेलले ३५ रन, भिम शार्की २६ रन बनाएका थिए ।
बलिङमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यस्तै, पवन सर्राफले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया