अपाङ्गका लागि आएको रकम खर्च गर्ने वातावरण बनाउँछौँ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विश्व बैंकले २०७२ सालमा गएको शक्तिशाली भूकम्पमा परेर अपाङ्ग भएकालाई जीविको पार्जन र सहायक सामाग्री किन्न उपलब्ध गराएको सहयोग राष्ट्रिय अपाङ्ग कोषमार्फत खर्च गर्न वातावरण मिलाउन पहल गर्ने बताएका छन् ।
शनिबार राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराई, सदस्य सचिव अनिता घिमिरे, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठसहितको टोलीसँगको भेटमा गृहमन्त्री खाँणले आफू र सरकार अपाङ्गको पक्षमा रहेको बताएका थिए ।
विश्व बैंकले २०७२ को भूकम्पमा परेर अपाङ्ग भएका २२९ जनालाई जीविको पार्जन, सहायक सामग्री वितरण तथा आय आर्जनको वातावरण निर्माण गर्न नेपाल सरकारलाई ६ करोड ७० लाख उपलब्ध गराएको थियो । त्यो रकम अहिले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कोषमा छ ।
टोलीले शनिबारको भेटमा गृहमन्त्री खाँणसँग त्यो रकम राष्ट्रिय अपाङ्ग कोषमार्फत वितरण हुने व्यवस्था रहेको बताएका थिए । तर, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कोषलाई प्राविधिक रूपमा सहयोग गर्न आग्रह गर्दै रकम प्राधिकरणमार्फत खर्च गरिने बताएका थिए ।
टोलीमा सहभागी लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष श्रेष्ठले विश्व बैंकले अनुदान दिएको रकम कोषमार्फत खर्च गर्ने व्यवस्था भए पनि प्राधिकरणका कार्यकारी सीईओ पोखरेलले प्राविधिक रूपमा सहयोग गर्न र रकम प्राधिकरणले नै खर्च गर्ने बताएपछि आफूहरुले गृहमन्त्री खाँणलाई सहयोग रकम खर्च गर्ने व्यवस्थाबारे जानकारी गराउन भेटघाट गरेको बताए ।
‘त्यो रकम अपाङ्ग कोषमार्फत खर्च गर्ने व्यवस्था भए पनि प्राधिकरणका कार्यकारी अधिकृतले प्राविधिक सहयोग गर्न आग्रह गरेपछि गृहमन्त्रीलाई जानकारी गराउन आएका हौँ,’ श्रेष्ठले भने, ‘भएको व्यवस्था कार्यान्वयन गर्न पहल गर्ने गृहमन्त्री खाणले बताउनु भयो ।’
कोषका यसअघिका अध्यक्ष रमेश लामा र सदस्य सचिव शुष्मा कार्की खड्काले समाज कल्याण परिषद्को सहमति नलिइरहन खर्च गर्न लागेपछि परिषद्ले प्रश्न उठाएपछि लामो समयसम्म रकम रोकिएको छ । अहिले कोषमा नयाँ अध्यक्ष र सदस्य सचिव आएपछि त्यो रकम प्रक्रिया अनुरुप खर्च गर्ने व्यवस्था मिलाउन टोलीले गृहमन्त्रीलाई भेटेको हो ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
प्रतिक्रिया