तमलोपाद्वारा १५ बुँदे चुनावी घोषणापत्र जारी

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आफ्ना घोषणापत्र जारी गर्ने क्रम सुरुआत गरेका छन् । यसक्रममा ‘समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्प’ भन्ने नारा सहित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
जनकपुरधाममा आयोजित अन्तक्र्रिया कार्यक्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा विजयकुमार सिंहले संयुक्तरूपमा १५ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीका रूपमा स्थानीय तहको निर्वाचनलाई लिइएको उल्लेख छ । स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र सङ्घीय स्वशासनका निम्ति निरन्तर सङ्घर्षरत रहने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
तमलोपाले ‘सङ्घर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित गरेको जनाउँदै १० प्रदेशीय राज्य पुनःसंरचना, संविधान संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै अधिकार हुनुपर्ने, भूमिहीन दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
त्यस्तै कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागिदारी, मधेस विकासका निमित्त दीर्घकालीन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसङ्ख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यावहारिक विदेश नीतिलगायतका पार्टीको महत्वपूर्ण बुँदाहरू घोषणापत्रमा समावेश गरिएको छ ।
अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निम्ति तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “निर्वाचनमा आफ्नो पार्टी कुनै गठबन्धनको पक्षमा छैन । लोकतन्त्रको निम्ति लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन जरुरी छ । ”
कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा सिंहले तमलोपाले देशलाई राजनीतिक विकल्प दिने दाबी गरे । कार्यक्रममा पार्टीका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा नेता कार्यकर्ताको उपस्थिति थियो ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया