११ अर्ब ४० करोड चिनियाँ सहयोग

काठमाडौं । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।
यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा विदेशमन्त्री यी ले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका थिए ।
वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसकेका छन् । चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिएका थिए ।

















‘With women’s empowerment nation will move forward towards prosperity’
हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक : रास्वपाका १०४ उम्मेदवार विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
अमरेशलाई बधाई दिँदै गगनले भने- मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया