आइतबार, माघ ११, २०८२

गठबन्धन आवश्यकताको सिद्धान्तका आधारमा हुन्छ : कांग्रेस

मेरोन्यूज २०७८ चैत १३ गते १७:१४

काठमाडौँ । कांग्रेसले आवश्यकताको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने जानकारी दिएका हुन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले गठबन्धनको आवश्यकता औँल्याएको जानकारी दिँदै उनले पार्टीको चुनाव प्रचारप्रसार अभियानमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले पनि गठबन्धनसहित चुनाव लड्नु पर्ने सुझाव दिएको बताए ।

‘बढीभन्दा बढी सफलता हासिल गर्न हामी निर्वाचनमा जाने हो, कतिपय ठाउँमा समझदारी गरेर पनि गठबन्धनमा जानुपर्ने साथीको मत छ, भोलिसम्ममा छलफल गरेर कस्तो मोडालिटी र ढाँचामा चुनावमा जानुपर्छ भन्ने निर्णय गर्छौं,’ प्रवक्ता डा. महतले भने ।

प्रतिक्रिया