मानवताका लागि सहयोग नेपालले जेष्ठ नागरिकलाई भोजन वितरण

काठमाडौँ । मानवताका लागि सहयोग नेपाल (एचएचएन)ले जेष्ठ नागरिकलाई भोजन वितरण गरेको छ । एचएचएनले वार्षिकोत्सवको अवसर पारेर दिव्य सेवा निकेतनमा रहेका जेष्ठ नागरिकहरूलाई भोजन वितरण गरेको हो ।
एचएचएनका अध्यक्ष मधुसुदन ध्वज खड्काले संस्थाको वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकहरूलाई भोजन वितरण गरिएको जानकारी गराए । ‘संस्थाको पहिलो वार्षिकोत्सवको अवसरमा दिव्य सेवा निकेतनमा रहेका आमालाई भोजन वितरण गरिएको हो,’ उनले भने, ‘आमालाई खाना खुवाएर हामीले आर्शिवाद लियौँ ।’
अध्यक्ष खड्काले संस्थाको उद्देश्यअनुसार समाज सेवाको कामलाई निरन्तरता दिने जानकारीसमेत गराए ।
यस्तै, संस्थाका सचिव सोनिप घलेले कापी कलम अभियानलाई पनि निरन्तरता दिइरहेको जानकारी दिए ।
आगामी शैक्षिक शत्रदेखि व्यापक रुपमा कापी कलम अभियानलाई निरन्तरता दिइने उनको भनाई छ । ‘संस्थाले हाम्रो इच्छा, सबैलाई शिक्षा’ नाराका साथ कापी कलम अभियान सञ्चालन गरिरहेको छ ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया