मंगलबार, पुष १५, २०८२

महालक्ष्मी बैंकका ग्राहकलाई अरिकल इभेन्टस्मा छुट

मेरोन्यूज २०७८ चैत १३ गते १७:३३

काठमाडौँ । महालक्ष्मी विकास बैंक र अरिकल इभेन्टस् प्रा.लि.बीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल इभेन्टस्मा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले आर्कषक छुट पाउने भएका छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट विभिन्न जनचेतामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस बैंकले देशभर कूल १०३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउन विभिन्न सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया