अवैध ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ
मेरोन्यूज
२०७८ चैत १३ गते १८:१२

काठमाडौँ । महोत्तरीको औरही नगरपालिका १ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
महोत्तरी प्रहरीले आज बर्दिबास–जलेश्वर सडक खण्डमा ज ९ प ८२४७ नं. को मोटरसाइकलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको ५५ लाख रुपैयाँ बरामद गरेको हो ।
महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले रकमसहित औरही २ का २१ वर्षीय धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी पक्राउ परेको बताए ।
यादवले भिरेको कालो रंगको कपडाको झोलाभित्र लुकाएको रकम भेटिएको हो । उनीहरूलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जलेश्वरमा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित













चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया