चौतारामा नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम

सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा नेपाल बैंक चौतारा शाखाकोे सहकार्यमा कृष्ण रत्नगंगा मा.वि. चौतारामा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले गरेका थिए ।
विशिष्ट अतिथि नगरपालिकाका प्रमुख अमानसिं तामाङ र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का रहेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, नेपाल बैंकका बागमती प्रादेशिक कार्यालयका प्रमुख बिनय केसरी पौड्याल विद्यालयका प्रधानध्यापकलगायत शिक्षक शिक्षिका, स्थानीय जनप्रतिनिधिहरू, विद्यार्थीलगायतकोे उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री खड्काले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिए । यस्तै, नगरपालिकाका प्रमुख तामाङले वित्तीय साक्षरता अभियान संचालन गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै यस कार्यक्रमबाट धेरै जनामा वित्तीय ज्ञान हासिल गर्न सजिलो भएको बताए ।













नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल
समानुपातिक सूचीकाे आलाेचनापछि रविले भने – दुई दिनभित्र सच्याउँछाैं
भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया