भारतबाट कटुवा पेस्तोल ल्याउँदै गर्दा बरामद
मेरोन्यूज
२०७८ चैत १४ गते १८:२८
काठमाडौँ । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिका ६ बर्दहीबाट आज प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल गण ७ हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले आँपको बगैँचा हुँदै भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक नाल र एक थान कटुवा पेस्तोल बरामद भएको हो ।
एक व्यक्तिलाई जाँच गर्ने क्रममा झोला फालेर भेगेपछि प्रहरीले उक्त झोलामा कटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालले बताए ।
फेला पारेका उक्त पेस्तोल जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ । फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सम्बन्धित













सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया