अछाममा कुल मतदाता संख्या १ लाख ५६ हजार

अछाम । अछाममा कुल मतदाता संख्या १ लाख ५६ हजार २ सय ८० रहेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष ७५ हजार ८ सय ३७, महिला ८० हजार ४ सय ४१ र अन्य ३ जना रहेका छन् । अछाममा कुल मतदान स्थल १ सय ३० रहेको छ भने मतदान केन्द्र संख्या २ सय ७ रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ। जिल्लामा सबैभन्दा बढी साँफेबगर नगरपालिकामा १० हजार ४ सय ६ पुरुष र ११ हजार ३ सय ९६ महिला गरी २१ हजार ८ सय ६४ मतदाता रहेका छन् भने सबैभन्दा कम बान्नीगढी जयगढ गाँउपालिकामा ५ हजार ६ सय ३६ पुरुष र ६ हजार १ सय ६ महिला गरी ११ हजार ७ सय ४२ मतदाता रहेका छन् ।
यस्तै मंगलसैन नगरपालिकाका ९ हजार ४ सय ४५ पुरुष र १० हजार ३ सय ३२ महिला, अन्य १ गरी १९ हजार ८ सय ७८ मतदाता, पञ्चदेवल बिनायक नगरपालिका ७ हजार ८ सय २७ पुरुष र ८ हजार ६ सय १८ महिला गरी १६ हजार ४ सय ४५ मतदाता, तुर्माखाँद गाउँपालिकामा ७ हजार सय ९२ पुरुष र ७ हजार ८ सय १९ महिला गरी १५ हजार ५ सय ११ मतदाता रहेका छन् ।
यस्तै मेल्लेख गाउँपालिकामा ७ हजार ५ सय १५ पुरुष र ७ हजार ९ सय ४६ महिला, अन्य १ गरी १५ हजार ३ सय ६१ मतदाता, चौरपाटी गाउँपालिकाकामा ६ हजार ७ सय ५४ पुरुष र ७ हजार ९ सय ९० महिला गरी १४ हजार ७ सय ४४ मतदाता, रामारोशन गाउँपालिकामा ७ हजार २ सय ५५ पुरुष र ७ हजार १ सय ६३ महिला गरी १४ हजार ४ सय १८ मतदाता रहेका छन् । यस्तै कमलवजार नगरपालिकाका ७ हजार ४६ पुरुष र ६ हजार ८ सय ९७ महिला गरी १३ हजार ९ सय ४३ मतदाता र ढकारी गाउँपालिकामा ६ हजार २ सय पुरुष र ६ हजार १ सय ७४ महिला गरी १२ हजार ३ सय ७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।
















काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया