नेपालमा अत्याधुनिक बृद्धाआश्रम बनाउने एनआरएनएको घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक बृद्धाआश्रम बनाउने भएको छ ।
संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौ स्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो ।
सो परियोजना सम्पन्न गर्नको लागि अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट ३ करोड ५६ लाख पचास हजार दुई सय बाइस रुपैयाको प्रतिबद्धता प्राप्त भएको संघले जनाएको छ ।
बैठकले संघको आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा। हेमराज शर्माको नेतृत्वमा २ जना महासचिव गौरीराज जोशी र डा केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको छ ।
संघका राष्ट्रिय समिति (एनसीसीमा) भएका समस्या समाधानकालागि महासचिवद्वय जोशी र पौडललाई क्षेत्रीय संयोजकहरुसंग समन्वय गरी समाधान गर्ने जिम्मा दिने निर्णय भएको छ ।
संघका नव निर्वाचित अध्यक्षहरु रविना थापा,डा. बद्री केसी र कुल आचार्यद्वारा सोमबार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरु आइसीसी सदस्यलाई सपथग्रहण गराएका थिए ।
संघका प्रवक्ताद्धय शिव वरुवाल र सोम सापकोटाद्धारा सोमबार जारी विज्ञप्ति अनुसार संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक आगामी ९ अप्रिल २०२२ नेपाली समय ४ बजे बस्ने भनिएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया