आइतबार, माघ ११, २०८२

कांग्रेसको गठबन्धन गरेर जाने कि नजाने भन्नेमा आधिकारिक धारणा आज आउने

मेरोन्यूज २०७८ चैत १५ गते ७:०७

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूह गठबन्धन बिना नै निर्वाचनमा जानुपर्ने गरी दुई धारणा सार्वजनिक राखिरहेका छन् ।

यता कांग्रेस सभापति शेरबहादुर देउवा भने गठबन्धन नगरी अघि बढ्दा कांग्रेसलाई घाटा हुने बताउँछन् । सबैले जनाले आफ्ना- आफ्ना धारणा राख्नु भएको छ, धेरै जसोको गठबन्धन गरेर जानुपर्ने धारण रहेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत बताउँछन् । कांग्रेसको आजको बैठकले गठबन्धन गरेर जाने कि नजाने भन्नेमा आधिकारिक धारणा दिने उनले बताए ।

प्रतिक्रिया