मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु
मेरोन्यूज
२०७८ चैत १५ गते ८:५९

मेक्सिको । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय ९एफजीई० जनाएको छ ।
‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ ।
आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् । संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ ।
अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन् । मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन् । लागू औषध र अन्य गैरकानुनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया