एमाले फुटेर कांग्रेसले सजिलै चुनाव जित्छ भन्ने भ्रम नपाल्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी चुनावी गठबन्धन पहिलो आवश्यकता भएको बताएका छन् । सोमबारको केन्द्रीय समितिको बैठकमा पार्टीलाई अन्तरघातको रोगबाट मुक्त बनाउँनुपर्ने देखिएको बताएका हुन् ।
उनले उक्त बैठकमा नेकपा एमाले फुटेर कांग्रेसले जितिन्छ भन्ने भ्रम नपाल्न सबैलाई निर्देशन दिएका थिए ।
बैठकमा सहभागी एक नेताले सभापति देउवालाई उदृत गदै भने ‘हाम्रो पार्टीमा एउटा रोग छ रोगबाट मुक्त भइसकेको छैन अन्तरघातको रोगबाट मुक्त भए मात्र गठबन्धन नपर्ने हो तर त्यस्तो देखिदैन त्यस कारण अहिलेको अवस्थामा गठबन्धन नगरी चुनाबमा जान सक्ने अवस्था छैन् ।’
ति नेताका अनुसार अरु पार्टी फुटेका छन् । हामी जितिहाल्छौँ भन्ने मानसिकता केही साथीहरुमा देखिएको तर त्यो भन्दा खराब अवस्था छ । ‘तपाईंहरु अनुशासनमा राख्नुहोस्अ, अनुशासन पालना नगर्नेलाई कारवाही पनि गर्नुहोस् ,’सभापति देउवाले उपसभापति महामन्त्री देखाउँदै भनेका थिए ।
विगतमा गठबन्धनको पक्षधर नभएको भन्दै आफ्नै दलले गठबन्धनको पक्षमा उभ्याएको बताउँदै सभापति देउवाले पार्टीभित्र अनुशासन कार्यान्वयन गराउन पनि पदाधिकारीहरुलाई निर्देशन दिएका देउवालाई उदृत गदै बताए ।
कांग्रेसको गत शुक्रबारदेखि अन्य दलहरुसँग गठबन्धन गर्ने कि नगर्ने विषयमा बैठक जारी छ । उक्त बैठकमा शेखर कोईराला समुहले गठबन्धन गर्न नहुने तर्क राख्दै आएको छन् ।
















Gold and silver prices up
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया