हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ १२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ सात पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ मात्र र बिक्री दर १३० रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ४२ पैसा र बिक्री दर ९१ रुपैयाँ ८७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ८६ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ नौ पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४१ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २७ पैसा र बिक्री दर ३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९३ पैसा र बिक्री दर नौ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
















म्याग्दीमा करिब ७ प्रतिशत मत बदर
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
India wins T20 World Cup Cricket title
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया