सोमबार, माघ १२, २०८२

उपसभापति खड्का तोकिए कांग्रेसको चुनावी कमाण्डर

मेरोन्यूज २०७८ चैत १५ गते १७:४९

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर तोकिएको छ ।

मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिएको जानकारी दिए । उनले यस समितिको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिए ।

त्यस्तै, निर्वाचन प्रचार प्रसार समिति संयोजकमा प्रवक्ता डा. महत स्वयम चयन भएका छन् ।

प्रतिक्रिया