बिहीबार, वैशाख ३, २०८३

रूसले युक्रेनको दुई ठाउँमा सैन्य गतिविधि कम गर्ने सहमति

मेरोन्यूज २०७८ चैत १५ गते १९:१७

काठमाडौँ । रसियाली रक्षा मन्त्रालयले युक्रेनको किभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधिलाई कम गर्ने निर्णय गरेको रुसी उपरक्षा मन्त्री अलेक्जेण्डर फोमिनले बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्ने निर्णय गरिएका समय रूसको उक्त निर्णय सार्वजनिक भएको हो ।

टर्कीको इस्तानबुलमा भएको मस्को–किभ शान्ति वार्ताको नयाँ चरणपछि फोमिनले यस्तो बताएका हुन् ।

मंगलबारको वार्तामा युक्रेनको तटस्थता र गैरआणविक स्थितिका साथै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनले बताए ।

प्रतिक्रिया