पाकिस्तानमाथि अष्ट्रेलियाकाे अग्रता

काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोलीलाई ८८ रनले पराजित गर्दै तीन एकदिवसीय शृंखलामा १(० को अग्रता बनाएको छ ।
मंगलबार लाहोरमा अष्ट्रेलियाले दिएको ३१४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र २२५ रन बनाउन सक्यो ।
पाकिस्तानका इमाम उल हकले १०३ रनको शतकीय इनिङ खेलेपनि जित दिलाउन त्यो पर्याप्त रहेन । कप्तान बाबर आजमले ५७ रनको योगदान गरे ।
अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा मिचेल स्विप्सन र टार्भिस हेडले २(२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्घारित ५० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो । अष्ट्रेलियाका टार्भिस हेडले १०१ रनको शतकीय इनिङ खेले ।
बेन म्याकडेरमोटले ५५ रन, क्यामरुन ग्रीनले ४० रनको योगदान गरे । पाकिस्तानका हरिस राउफ र जाहिद महोमदले २(२ विकेट लिए।
















जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया