पाकिस्तानमाथि अष्ट्रेलियाकाे अग्रता

काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोलीलाई ८८ रनले पराजित गर्दै तीन एकदिवसीय शृंखलामा १(० को अग्रता बनाएको छ ।
मंगलबार लाहोरमा अष्ट्रेलियाले दिएको ३१४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र २२५ रन बनाउन सक्यो ।
पाकिस्तानका इमाम उल हकले १०३ रनको शतकीय इनिङ खेलेपनि जित दिलाउन त्यो पर्याप्त रहेन । कप्तान बाबर आजमले ५७ रनको योगदान गरे ।
अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा मिचेल स्विप्सन र टार्भिस हेडले २(२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्घारित ५० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो । अष्ट्रेलियाका टार्भिस हेडले १०१ रनको शतकीय इनिङ खेले ।
बेन म्याकडेरमोटले ५५ रन, क्यामरुन ग्रीनले ४० रनको योगदान गरे । पाकिस्तानका हरिस राउफ र जाहिद महोमदले २(२ विकेट लिए।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया