पत्रकार महासंघको ६७ औं स्थापना दिवस आज

काठमाडौं । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७८ चैत १६ गते आफ्नो स्थापनाको ६७औं वर्षमा प्रवेश गरेको छ महासंघले आज विहानै देखिविभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाईरहेको छ ।
महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था रहेको बताएका छन् । उनले भने,‘ यो संस्थाले आफूलाई समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्थाका रुपमा प्रस्तुत गरेको छ । यो हाम्रो गौरवको विषय हो ।’
महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको उनले बताए ।
उनले महासंघको स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो दायित्व र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल गरेका छन् ।
उनका अनुसार अप्रत्यासित रुपमा आएको कोरोना महामारीवाट नेपाली पत्रकारितामाथी चुनौति थपिएको छ । पत्रकारितामाथीको यो चुनौतिलाई आबश्यक रणनीति निर्माण गरेर सम्बोधन गरेर श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्थाहरुको सवलिकरणको दिशामा काम गर्ने प्रमुख दायित्वका साथ यतिबेला हामी अगाडि बढ्न जरुरी रहेको उनले बताए ।
०७७ चैत्रमा २६औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले हाम्रा मुद्दाहरुलाई प्राथमिकताका साथ उठाउने छ । उनले भने,‘प्रेस स्वतन्त्रता, श्रमजिवीको सवाललाई केन्द्रविन्दूमा राखेर नै यो कार्यसमितिले आफ्ना रणनीति निर्माण गर्ने छ । यो हाम्रो साझा प्रतिबद्धता हो ।’















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया