टी-२० क्रिकेटः नेपाललाई मलेसियाले दियो ११५ रनको लक्ष्य

काठमाडौं । टी २० आई त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध जितका लागि नेपालले ११५ रनको सामान्य विजयी लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट झारे । अविनास बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले समान एक विकेट झारे । सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे। ऐरीले ४ ओभरमा १४ रन खर्चेर एक विकेट लिए। करण केसीले ३ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट झारे ।
नेपालका तिव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमा नै मलेसियाका ओपनर विरनदिप सिंहलाई शुन्य रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि जुवैदी जुल्कीफ्ली र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरे। जुवैदी ३२ रनमा कुशल मल्लको बलमा बोल्डआउट भए । उनले १५ बलमा ३ चौका र २ छक्का हाने ।
२४ रनको योगदान दिएका कप्तान फैज नेपालका कप्तान सन्दीप लामिछानेको बलमा क्याच आउट भए । ३८ बलमा ३ चौका हानेका फैज १२ औँ ओभरको दोस्रो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए। सायद अजिज १४ रनमा क्याच आउट भए ।
अजिज दिपेन्द्र सिंह ऐरीको बलमा सन्दीपको हातबाट क्याच आउट भए। मुहम्मद आमिर १६ रन बनाउँदा अविनास बोहोराको बलमा एलबीडब्लु धरापमा परे। सर्भिन मुनियान्डी ९ रनमा पवेलियन फर्के । उनी सन्दीपको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।
















वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया