एसपी प्रसाई ६ महिनामै प्रहरी प्रधान कार्यालय तानिए

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईलाई ६ महिनामै प्रहरी प्रधान कार्यालय तानिएको छ । जनता समाजवादी पार्टी (जसपा)का सचेतक प्रमोद शाहसँगको विवादलाई लिएर उनलाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।
प्रदेश २ मै कार्यरत रहेका बेला प्रसाईलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मेवारी दिइएको थियो । सशस्त्र प्रहरीका एसपी भरत खनियासँग मिलेर छोटी भन्सार नाका खुला गरेको आरोप लाग्दै आएको भए पनि प्रहरी प्रधान कार्यालय मौन रहेको थियो ।
तर, अहिले सांसद शाहसँगको विवादका कारण कार्यसम्पादनमा कमजोर ठहर गर्दै प्रसाईलाई सर्लाहीको इन्चार्जबाट हटाइएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सर्लाहीमा एसपी प्रवीण पोखरेललाई पठाएका छन् ।
पोखरेल प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए । २०७८ मंसिर ५ देखि सर्लाहीको कमाण्ड समालेका प्रसाईलाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा काज सरुवा गरेको छ ।
सामान्यतया एक वर्षसम्म कार्यालय प्रमुखको सरुवा गर्ने परम्परा छैन । कुनै कारणवश सरुवा गर्नु पर्ने भए पनि यथोचित कारण आवश्यक पर्ने भए पनि एसपी प्रसाईको हकमा सांसद साहसँगको विवादलाई आधार मानिएको छ ।
गत शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक विस्तारको विषयलाई लिएर झडप भएको थियो । झडपमा सांसद साह गम्भीर घाइते भएका थिए । उनको टाउकोमा २५ टाँका लगाइएको थियो । उनको सुरक्षामा कमजोरी देखाएर काज सरुवा गरिएको थियो ।















गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ स् एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
Sonam Lhosar being marked today
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया