एसपी प्रसाई ६ महिनामै प्रहरी प्रधान कार्यालय तानिए

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईलाई ६ महिनामै प्रहरी प्रधान कार्यालय तानिएको छ । जनता समाजवादी पार्टी (जसपा)का सचेतक प्रमोद शाहसँगको विवादलाई लिएर उनलाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।
प्रदेश २ मै कार्यरत रहेका बेला प्रसाईलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मेवारी दिइएको थियो । सशस्त्र प्रहरीका एसपी भरत खनियासँग मिलेर छोटी भन्सार नाका खुला गरेको आरोप लाग्दै आएको भए पनि प्रहरी प्रधान कार्यालय मौन रहेको थियो ।
तर, अहिले सांसद शाहसँगको विवादका कारण कार्यसम्पादनमा कमजोर ठहर गर्दै प्रसाईलाई सर्लाहीको इन्चार्जबाट हटाइएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सर्लाहीमा एसपी प्रवीण पोखरेललाई पठाएका छन् ।
पोखरेल प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए । २०७८ मंसिर ५ देखि सर्लाहीको कमाण्ड समालेका प्रसाईलाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा काज सरुवा गरेको छ ।
सामान्यतया एक वर्षसम्म कार्यालय प्रमुखको सरुवा गर्ने परम्परा छैन । कुनै कारणवश सरुवा गर्नु पर्ने भए पनि यथोचित कारण आवश्यक पर्ने भए पनि एसपी प्रसाईको हकमा सांसद साहसँगको विवादलाई आधार मानिएको छ ।
गत शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक विस्तारको विषयलाई लिएर झडप भएको थियो । झडपमा सांसद साह गम्भीर घाइते भएका थिए । उनको टाउकोमा २५ टाँका लगाइएको थियो । उनको सुरक्षामा कमजोरी देखाएर काज सरुवा गरिएको थियो ।
















अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रतिक्रिया