लोसपा दुई मन्त्रालय लिएर सरकारमा जाँदै,को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुई मन्त्रालय लिएर सरकारमा जाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले रिक्त रहेका दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा लैजाने भएका हुन् ।
लोसपाले पटक- पटक को भेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन मन्त्रालय माग गरेको स्रोतले बताएको छ । लोसपाले उप्रधानसहित रक्षा र उद्योग वाणिज्य मन्त्रालय माग गरेको छ । यदि उपप्रधानमन्त्री पाएमा पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो पठाउँने लोसपाको तयारी छ ।
तर अहिले प्रधानमन्त्री देउवासँग दुई मन्त्रालय मात्र रिक्त छ । दुई मन्त्रीमध्ये रक्षामा शरदसिंह भण्डारी र उद्योग तथा वाणिज्यमन्त्री अनिल झा बन्ने सम्भावना बढेको छ । बुधबार लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । बबरमहलस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठकलगत्तै लोसपाका नेताहरू प्रधानमन्त्री देउवासँगको छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवासँग अपराह्न साढे ५ बजे लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, नेताहरू अनिल झा र सर्वेन्द्रनाथ शुक्लाले भेटेका थिए ।
नागरिकता सम्वन्धि विधेयक र आफना वन्दी नेता कार्यकर्ता रिहाई सरकारले पूरा गरे सरकारमा सहभागी हुने उसले बताईसकेको छ ।
लोसपाभित्र सरकारमा सहभागिताको निर्णय लिन महन्थमाथी दवाव छ । महन्थ आफै पनि पार्टीभित्र अप्ठ्यारो अवस्थामा छन् । सोही कारण उपप्रधानमन्त्री दिएमा राजेन्द्रलाई नै सरकारमा पठाएर आफुभित्रको अप्ठ्यारो फुकाउने योजनामा महन्थ देखिएका छन् ।
महन्थको पार्टीलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले लोसपाका नेताहरुलाई बचन दिईसकेका छन् । तर प्रधानमन्त्रीले यस विषयमा सत्तागठबन्धन दलभित्र छलफल गरेर सहमति जुटाउनुपर्ने हुन्छ । त्यही कारण उनले गठबन्धनको बैठकमा विषय प्रवेश गराएका छन् । वुधबारको बैठकमा लोसपासग सकारात्मक छलफल चलेको र उसलाई पनि सकेसम्म रिक्त मन्त्रालय दिएरै भएपनि सरकारमै ल्याउन आफुले पहलकदमी लिईरहेको प्रधानमन्त्रीले बताएका थिए ।
लोसपाको सरकार प्रवेशका विषयमा जसपा , एकीकृत समाजवादी र माओवादीको मुड बुझने उदेश्यले प्रधानमन्त्रीले बैठकमा विषया प्रवेश गराएका छन् । प्रधानमन्त्रीको चाहनामा अन्य दल बाधक नबनेपनि जसपाले के प्रतिक्रिया जनाउाछ ? भन्ने मुख्य विषय थियो । अव प्रधानमन्त्री लोसपालाई पनि मन्त्रालय दिएर सरकारमा ल्याउने निचोडमा छन् ।
सम्भवत आज भोलि तिरै यस विषयमा निर्णय हुने बालुवाटार स्रोतले बतायो ।
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया