मछिन्द्रले ए डिभिजन लिगकै खेलाडीलाई निरन्तरता दिने

काठमाडौं । मछिन्द्र फुटबल क्लबले एएफसी कप–२०२२ को प्रारम्भिक छनोटमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता खेलाडीलाई निरन्तरता दिने भएको छ ।
मछिन्द्र फुटबल क्लबले २२ चैतमा हुने एएफसी कपको प्रारम्भिक छनोटमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबको चुनौती पेस गर्दै छ । खेल दशरथ रंगशालामा बेलुका ५ बजे हुने तालिका छ ।
मुख्य प्रशिक्षक प्रवेश कटुवालले लिग विजेता खेलाडीलाई नै निरन्तरता दिने र कुनै पनि खेलाडी परिवर्तन नहुने जानकारी गराए ।
‘छनोटका लागि हामीले कुनै पनि नयाँ खेलाडी भित्र्याएका छैनौं । लिग खेलेका खेलाडीबाट हामी छनोट खेल्दैछौं,’ प्रवेशले भने ।
यसअघि मछिन्द्रले न्युरोड टिम एनआरटीबाट लिग खेलेका विदेशी खेलाडी मेसौके ओलोउमोउलाई टोलीमा झिकाउने प्रयास गरेको थियो । तर, एनआरटीले अन्तिम समयमा खेलाडी रिलिज नगर्ने भएपछि मछिन्द्र लिगका खेलाडी नै निरन्तरता दिन लागेको हो ।
हाल मछिन्द्रमा अधिकांश नेपाल राष्ट्रिय टोलीबाट खेलेका खेलाडी टोलीमा समावेश छन् । यसअघि एएफसी कप तयारीकै लागि क्लबले थाइल्याण्ड भ्रमणका लागि राष्ट्रिय टोलीका खेलाडीलाई फुकुवा ९रिलिज० गरेको थिएन ।
यही समय केही मोफसल प्रतियोगितासमेत खेल्यो । टोलीले अन्तिम तयारी गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य बनाएको छ ।
हाल मछिन्द्र क्लबका चार विदेशी खेलाडी छन् । आन्द्रे निया, नुर्लान जाहिद नोभ्रुजोभ, ओमोलाजा नुरैन करिम र सोनम जाङपो भुटियाले नै टोलीलाई एएफसी कपमा साथ दिनेछन् ।
निया क्यामरुनका हुन् भने नुर्लान अजरबैजानका हुन् । यस्तै करिम नाईजेरियाका खेलाडी हुन् भने भुटिया भारतीय खेलाडी हुन् ।
यसअघि मछिन्द्र लिगको सातौँ चरणमा शीर्षस्थानमा रहँदै एएफसी कपमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न छनोट भएको थियो । मछिन्द्र र ब्लु स्टारबीचको विजेताले दोस्रो चरणमा भारतको आइएसएल विजेता एटिके मोहन बंगानको सामना गर्नेछ ।
मछिन्द्रबाट लिग खेलेका खेलाडीः
गोलरक्षकः विशाल श्रेष्ठ, सूर्य अधिकारी
डिफेन्डरः रन्जित धिमाल, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, ओमोलाजा नुरैन करिम, विजय धिमाल, सोनम जाङपो भुटिया, प्रमोद चौधरी, दिनेल मोक्तान,
मिडफिल्डरः सुजल श्रेष्ठ ९कप्तान०, विशाल राई, आन्द्रे निया, अभिषेक गुरुङ, अभियान प्रधान, उत्सव राई, सुनिल बल, मनिष डांगी
स्ट्राइकरः विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, मिलन धिमाल, बुद्ध चेम्जोङ,
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया