मंगलबार, माघ ६, २०८२

म्यादी प्रहरी बनाइदिने भन्दै पैसा ठग्ने पक्राउ

मेरोन्यूज २०७८ चैत १७ गते १५:३०

काठमडाौँ । म्यादी प्रहरीमा लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ का रामदत्त मण्डलको २३ वर्षीय छोरा अरबिन्दकुमार मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

स्थानीय तह निर्वाचन २०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया